ललितपुरमा चिरिबाबुलाई दोब्बर भन्दा बढी मतको अग्रता

ललितपुर । ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता बढाउदै लग्नुभएको छ । ७ हजार ७२६ मत गणना हुँदा महर्जनले चार हजार ४७३ मत पाउनुभएको छ ।

नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १६२१ र राप्रपाका उम्मेदवार अष्टबहादुर महर्जनले ४२० मत पाउनुभएको छ । उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मञ्जली शाक्य बज्राचार्यले २००५ र नेकपा माओवादीका उम्मेदवार बाबुराज बज्राचार्यले १४६४ मत पाउनुभएको छ ।अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार