ललितपुर महानगरका प्रमुख चिरिबाबुले लिए शपथ

काठमाडौँ । ललितपुर महानगरपालिकाका नव निर्वाचित मेयर चिरिबाबु महर्जनसहित अन्य जनप्रतिनिधिहरूले शपथ ग्रहण गर्नुभएको छ । बुधबार ललितपुरमा आयोजित समारोहमा मेयर महर्जनलाई मुख्य निर्वाचन अधिकृतले शपथ खुवाउनुभएको हो । शपथपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख महर्जनले आफूले थालेका पुराना योजनाहरू पुरा गर्दै नयाँ कामको सुरुवात गरिने बताउनुभयो ।

त्यसक्रममा उहाँले निर्वाचन अघिसम्म राजनीतिक पार्टीको वकालत गरे पनि अब समग्र महानगरको विकास र महानगरवासीका समस्या समाधान गर्नतिर लाग्ने बताउनुभयो । ‘हिजो हामी राजनीतिक रूपमा प्रस्तुत भयौ, अव उप्रान्त मलाई कसले भोट दियो दिएन भनेर हेर्दैनौ’, महर्जनले भन्नुभयो, ‘नगरवासीलाई शिरमा राखेर काम गर्नुपर्छ । यसो गरे मात्रै हामी सफल हुनेछौ ।’ रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार