वामदेव गौतमले भोट नहाल्ने

काठमाडौँ । नेता वामदेव गौतमले यो पटकको स्थानीय तह निर्वाचनमा मतदान नगर्ने हुनुभएको हो । नेकपा एमाले छाडेर पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आएका गौतम एमाले विभाजन भएसँगै राजनीतिमा सक्रिय हुनुहुन्न ।

उहाँले आफू ‘न्युट्रल’ बसेकाले यो पटक मतदान पनि नगर्ने बताउनुभयो । बर्दियाको बाँसगढी नगरपालिका वडानम्बर १ को मतदाता रहेका गौतमले भन्नुभयो, ‘म केही समयदेखि राजनीतिमा न्युट्रल बस्दै आएको छु, अहिले पनि त्यसै गर्छु, त्यसैले यो पटक मतदान गर्दिनँ ।’ गौतम राष्ट्रिय सभा सदस्य समेत हुन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार