विजय जुलुस मनाएर घर फर्किएका वडा सदस्यको निधन

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको निधन भएको छ । सुतिहार सुतेकै अवस्थामा शुक्रबार बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिनुभयो । उहाँका अनुसार मतपरिणाम सार्वजनिक भएपछि सुतिहार बिहीबार विजय जुलुस मनाएर घर फर्किनुभएको थियो ।

खाना खाएर सुतेका उहाँको निधन भएको बताइएको छ । बुधबार साँझ आएको मत परिणाम अनुसार सुतिहार राजगढ गाउँपालिका–५ को वडा सदस्यमा जनता समाजवादी पार्टीको तर्फबाट विजयी हुनुभएको हो । उहाँले वडा सदस्यमा सर्वाधिक ४७४ मत ल्याउनुभएको थियो । सदस्यमा उहाँसित एमालेका रामअवतार मण्डल र अगम साहु तेली पराजित हुनुभएको थियो । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार