विप्लवजीहरु संसदवादमा गइसक्नुभयो : बास्तोला

काठमाडौं । नवगठित नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले नेक्रविक्रम चन्द ‘विप्लव’ संसदवादमा गएको आरोप लगाउनुभएको छ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले जनताले पनि विप्लवको पार्टीलाई संसदबादी भनेर बुझ्ने टिप्पणी गर्नुभयो ।

‘उहाँहरु ३० गते पछि फर्किन्छौं, चुनावमा जाँदैनौं भन्नुहुन्छ,’ उहाँको भनाइ छ, ‘तर, महासचिव र प्रवक्ताले पार्टीको नीतिलाई उल्लघंन गरेर चुनावपरस्त भएर जानुभएको छ। त्यो सजिलै साफ हुने कुरा छैन । र, जनताले बुझ्दा उहाँहरुलाई संसदवादी पार्टी भनेर बुझ्छन् ।

र, नीतिगत हिसाबले उहाँहरु संसदवादमा गइसक्नुभएको छ।’विप्लवहरुले अघि सारेको एकीकृत जनक्रान्ति सारसंग्रहवादी भएको आरोपसमेत उहाँको छ । ‘उहाँहरुले एकीकृत जनक्रान्ति भन्नुभएको छ, जसलाई हामीले यो सार संग्रहवादी भनेका छौं,’ उहाँको भनाइ छ, ‘हाम्रो कार्यदिशा भनेको वैज्ञानिक समाजवादी हो ।’ अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार