वीरगञ्ज भन्सारबाट ९ महिनामा ५ खर्ब २१ अर्बको आयात

काठमाडौँ । चालू आर्थिक वर्षको ९ महिनामा वीरगञ्ज भन्सार कार्यालयबाट सबैभन्दा धेरै वस्तुको आयात भएको छ । भन्सार विभागका अनुसार वीरगञ्ज नाकाबाट ९ महिनामा ५ खर्ब २१ अर्ब ६९ करोड रुपैयाँको आयात भएको हो ।

हाल सञ्चालनमा रहेका भन्सार नाकामध्ये सबैभन्दा धेरै वस्तुको आयात वीरगञ्जबाटै हुने गरेको छ । यसपछि, भैरहवा भन्सार कार्यालयबाट २ खर्ब ३० हजार ९ करोड रुपैयाँभन्दा बढीको आयात भएको छ । विभागका अनुसार भैरहवा भन्सार कार्यालय आयातका आधारमा दोस्रो स्थानमा छ ।

सञ्चालनमा रहेका २५ भन्सार कार्यालयमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यस अवधिमा १ खर्ब ७१ अर्ब ८१ करोडको वस्तु आयात भएको छ । यसैगरी, विराटनगरबाट १ खर्ब ६५ अर्ब १७ करोडको आयात भएको छ भने विरगञ्ज सुख्खा बन्दरगाहबाट १ खर्ब ६६ अर्ब ९९ करोडको आयात भएको छ ।

यसका साथै, भर्खरै सञ्चालनमा आएका काठमाडौंको चोभार सुख्खा बन्दरगाहबाट ९ महिनामा जम्मा ३ करोड २६ लाख रुपैयाँको वस्तु आयात भएको छ । यसपछि, राजविराज भन्सार नाकाबाट ११ करोड ५३ लाख रुपैयाँको र टाँढी भन्सार कार्यालयबाट १३ करोड ४१ लाख रुपैयाँको आयात भएको विभागले जानकारी दिएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार