श्री एयरलाइन्सको जहाजको इञ्जिन फेल भएपछि आकस्मिक अवतरण

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण गरिएको छ । ८७ जना यात्रु बोकेर बुधबार धनगढीका लागि उडेको विमानको एक इञ्जिन फेल भएपछि काठमाडौँमा आकस्मिक अवतरण गरिएको हो ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार १२ः०८ बजे त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो । आकस्मिक अवतरण गराइएको जहाजका सबै यात्रु सुरक्षित रहेको उहाँले बताउनुभयो ।

सुरक्षित अवतरण गरिएको जहाजको प्राविधिक जाँच गरिने उहाँको भनाइ छ । उक्त विमानलाई आकस्मिक अवतरण गर्न लागिएपछि अन्य विमान आकाशमै होल्डमा राखिएको थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार