संसद्‍मा विष्णुलाई मिनेन्द्रको व्यङ्ग्य

काठमाडौँ । नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट उत्कृष्ट आएको बताउनुभएको छ । नेता रिजालले बजेटमाथि छलफल प्रतिक्रिया दिँदै उनले बजेट सकारात्मक आएको र जस्तो आउनुपर्ने हो त्यस्तै आएको बताउनुभएको हो ।

यस्तै, उहाँले पूर्व अर्थमन्त्री विष्णु पौडेलमाथि व्यङ्ग्य गर्दै उहाँले भन्नुभयो, ‘गत वर्ष संसद्भन्दा बाहिर बजेट प्रस्तुत गर्दा अहिले संसद्मा बोलेकै विषय सम्झेको भए हुन्थ्यो ।’ रिजालले एमाले नेता पौडेलले बजेटमाथि राखेको प्रतिक्रियालाई व्यङ्ग्य गर्दै यस्तो बताउनुभएको हो ।

विदेशी ऋण र सार्वजनिक ऋण तथा विदेशबाट भित्रिने रेमिट्यान्को चाप गठबन्धन सरकार बनेपछि मात्रै नभएको समेत उहाँले उल्लेख गर्नुभयो । ‘यो सरकार बनेपछि ९ महिनायता मात्रै यी समस्या आएको हो र ?,’ रिजालले भन्नुभयो, ‘आफ्नो सरकार बदलिना साथ बोली फेर्न हुँदैन ।’ यस्तै, यो सरकारले ल्याएको जस्तै अघिल्ला सरकारले ल्याएका बजेटहरू पनि निश्चित लक्ष्य र प्राथमिकता पहिल्याउन असफल रहेको रिजालको भनाइ छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार