संसद् अवरोधबाट पछि हट्यो एमाले

काठमाडौँ । नेकपा एमालेले झन्डै ९ महिनादेखि जारी राखेको संसद् अवरोध अन्त्य गरेको छ । एमाले उपमहासचिव तथा सांसद प्रदीपकुमार ज्ञवालीले त्यसको जानकारी संसद्‍मा गराएका हुन् ।

बजेट अधिवेशन सुरु भएको दिनबाट एमालेले अवरोध अन्त्य गरेको हो । एमालले भदौ २३ देखि संसद्मा विरोध जारी राखेको थियो । एमालेले माधवकुमार नेपालसहितका नेतालाई सांसदबाट हटाउन सिफारिस गरेको थियो। उपमहासचिव ज्ञवालीले एमालेले आफ्ना असन्तुष्टिहरू फरक शैलीमा प्रस्तुत गर्ने पनि जानकारी दिएका छन् ।

ज्ञवालीले संसद्को अवरोध खुलाउनुको कारण खुलाउँदै भने, ‘भर्खरै सम्पन्न निर्वाचनमा जनताले उचित ढंगले फैसला गरेका छन् । दल विभाजनका लागि जस्केलाबाट अध्यादेश ल्याउने, दल विभाजन पूरा भएपछि फिर्ता लिने सभामुख जस्तो गरिमायम संस्था कुनै न कुनै रुपमा जोडिने, अदालतमा यस मामिलामा सहयोगी बन्ने, अन्य मानिस पनि सहयोगी बन्ने स्थिति असहज हो र असहज रहने छ ।

यस विषयमा हाम्रा धारणाहरु निरन्तर रुपमा रहनेछन् तर पनि मुलुक एउटा कोर्षमा गैसकेको हामीले आजदेखि यो अवरोध र विरोधलाई फरक ढंगले प्रस्तुत गर्ने निर्णय गरेका छौं ।’तर सभामुख अग्निप्रसाद सापकोटाले उक्त सिफारिस कार्यान्वयन नगरेको भन्दै उसले संसद् अवरोध जारी राखिरहेको थियो । सभामुखले राजीनामा दिनुपर्ने वा कारबाहीको सूचना टाँस्नुपर्ने एमालेको माग थियो।

सरकारले जेठ ७ मा नीति तथा कार्यक्रम ल्याउँदै छ । संयुक्त सदनमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । । जेठ १५ मा सरकारले आउँदो वर्षको विनियोजन विधेयक ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । विनियोजन विधेयक ल्याउनुभन्दा १५ दिनअघि नै बजेट तयारीका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)छलफल गरियोस् भनी अर्थमन्त्रीले प्रस्ताव गर्नुपर्छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार