सप्तरीको डाक्नेश्वरीमा मतपेटिका तोडफोड, निर्वाचन स्थगित हुने

राजविराज । सप्तरीको डाकेश्वरीमा निर्वाचन स्थगित हुने भएको छ । निर्वाचन आयोग उच्च स्रोतका अनुसार आक्रोशित समूहले मतपेटिका फोडेर मतपत्र छरिएपछि निर्वाचन स्थगित हुने भएको हो ।

तर स्थगितको औपचारिक निर्णय हुन बाँकी छ । ‘त्यहाँ मतपत्र छरिएको छ । सबै मतपत्र बटुल्दा पनि असन्तुष्ट पक्षले विश्वास गर्ने र फेरि मतदान चालु गरेर आजै टुंग्याउने अवस्था रहेन’ निर्वाचन आयोग स्रोतले भन्यो, ‘त्यहाँ सर्वदलीय बैठक बसिरहेको छ । आज सम्भव हुँदैन ।’

सूचना निकालेर त्यो मतदान केन्द्रमा निर्वाचन स्थगित गरी फेरि छिट्टै मतदान गर्नुपर्ने हुन्छ । एक अशक्त मतदाताले मतदानका लागि आग्रह गर्दा मतदान अधिकृतले एउटाको साटो अर्को चिन्हमा मतदान गरेको भन्ने आरोपबाट विवाद शुरु भएको हो । विवादले उग्र रुप लिएपछि आक्रोशित समूहले मतपेटिका फोडेको थियो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार