सभापति गर्बुजाद्वारा प्रेस युनियन म्याग्दीलाई पचास हजार रुपैयाँ सहयोग

म्याग्दी। नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्विर’ ले नेपाल प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग गर्नुभएको छ । एक कार्यक्रमका विच सभापति गबुृजाले प्रेस युनियनको अक्षयकोषलाई पचास हजार रुपैयाँ सहयोग गर्नुभएको हो । उक्त रकम गर्बुजाले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका पूर्व अध्यक्ष धर्मेन्द्र झाको उपस्थितिमा प्रेस युनियन म्याग्दीका सभापति राकेश शर्मा, केन्द्रीय पार्षद सदस्य हरिकृष्ण गौतम र युनियनका उपाध्यक्ष धनिलाल गर्बुजा लाई हस्तान्तरण गर्नुभयो ।

म्याग्दीमा क्रियाशिल पत्रकारहरुलाई आपतकालिन सहयोग,प्रोत्साहन र सम्मान गर्ने उद्धेश्यले निर्माण गरिएको पाँच लाखको अक्षयकोषलाई हालसम्म करिब तिन लाख रुपैयाँ भन्दा बढी सहयोग प्राप्त भएको सचिव साधन राम्जालीले जानकारी दिनुभयो । उहाँका अनुसार,अक्षयकोषलाई संगठनका पुर्व र वर्तमान पदाधिकारी, स्वदेश तथा विदेशमा रहेका शुभचिन्तकहरुले सहयोग गरेको र सहयोग आउने क्रम जारी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार