सरकारले अर्थतन्त्र समस्यामा छैन भनेर जनतालाई गुमराहमा राख्यो : ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले अर्थतन्त्र समस्यामा नरहेको भन्दै सरकारले जनतालाई गुमराहमा राखेको बताउनुभएको छ । उहाँले आज प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थतन्त्रबारे सरकारले जनतालाई गलत सन्देश प्रवाह गरेको बताउनुभएको हो ।

‘अर्थतन्त्र बिग्रेको छैन । केही समस्या छैन । त्यसैले हामीले केही गर्नुपर्दैन भनेर सरकारले जनतालाई गुमराहमा राखेको छ,’ उहाँले भन्नुभयो । यस्तै, युक्रेन संकटका कारण उकालो लागिरहेको इन्धनको मूल्यले देशको अर्थतन्त्रलाई झनै समस्यामा पार्ने उहाँको भनाइ छ ।

र,यसको प्रभाव सबैतिर परेकाले यसलाई सम्बोधन गर्न समेत ज्ञवालीले आग्रह गर्नुभयो । यसैगरी,सरकारले एक सातामा दुई पटक गरेर २० रुपैयाँले इन्धनको मूल्य बढाएर सर्वसाधारणमाथि अत्याचार गरेको ज्ञवालीको आरोप छ । यसका साथै भारतले गहुँ र चिनी निर्यात लगाउँदा नेपालमा पर्ने प्रभावका बारेमा सरकारले बेखबर रहेको समेत बताउनुभयो । ratopati

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार