सर्लाहीमा ‘सगुन’ खाएर उम्मेदवार बिरामी परेको घटनाको अनुसन्धान गर्दै प्रहरी

काठमाडौँ । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर–११ मा घरदैलो गर्दा दिएको ‘सगुन’ खाँदा उम्मेदवारसहित माओवादी केन्द्रका ५ जना कार्यकर्ता घाइते भए । वैशाख २५ मा वडा नम्बर–११ का माओवादी केन्द्रको वडा अध्यक्षका उम्मेदवार शेष इस्तियाक सहित ५ जना बिरामी भएका हुन् ।

उम्मेदवार शेष इस्तियाक र ओम प्रकाशको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । पूर्णिमा भण्डारी, शेष आरिफ र शेष रिजवानको चाहिँ हरिवनमा उपचार हुँदै छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । विरामी भएकाहरुको बान्ता र रगत परिक्षणका लागी खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानमा पठाइएको सर्लाहीका एसपी प्रवीण पोखरेलले बताउनुभयो ।

परीक्षणको रिपोर्ट आएको छैन । स्थानीय तह निर्वाचनमा मत माग्न घरदैलोमा जाँदा ‘सगुन’ बापत स्थानीयले दिएको कोक र मिठाई खाँदा बिरामी भएकाहरुको स्वास्थ्यमा सुधार हुँदै छ । ‘विष’ खुवाएको आरोप लागेकाहरूले ‘पोइजन खुवाएको पुष्टि भए कारवाही भोग्न तयार’ रहेको प्रहरीलाई बताएका छन् । विरामी हुनेहरुको घाँटी सुन्निएको हुनाले चिकित्सकले ‘पोभिजनिङ’ भनेका छन् । विरामीहरूले भोट माग्न जाँदा पानी, कोक र मिठाई खाएको बताएका छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार