सशस्त्रका डीआईजी सिपी गौतमलाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक चन्द्र प्रकाश गौतमलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । जेठ ९ मा बसेको बढुवा समितिले उनलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको बढुवा समितिको सचिवालयले जनाएको छ ।

वैशाख १९ पछि सशस्त्रमा दुईवटा एआईजीको पद खाली थियो । तर, वैशाख २१ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितीले डीआईजी नारायणदत्त पौडेललाई मात्र एआईजीमा बढुवा गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको थियो । पौडेललाई मन्त्रिपरिषद्ले जेठ ६ मा एआईजीमा एकल बढुवा गरेको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार