सिद्ध प्रगतिशिल आमा समुहकाे नवनिर्मित भवनको उद्घाटन

बेनी ।म्याग्दीको मालिका  गाउँपालिका वडा नम्बर १ निस्कोटमा आमा समुहको भवन निर्माण भएको छ ।वडा कार्यालयबाट विनियोजित बजेट र स्थानीयबासीको श्रमदानबाट निर्माण गरिएको सिद्ध प्रगतिशिल आमा समुहको भवन शुक्रबार एक कार्यक्रमबाट विच उद्घाटन गरिएको छ । उक्त भवनको ज्येष्ठ नागरिक लालबहादुर पुनले उद्घाटन गर्नुभयो ।

भवन निर्माण भएपछि सामाजिक काम गर्न थप सहज हुने आमा समुहकी अध्यक्ष कुमारी पुनले बताउनुभयो । यसअघि भवन नहुँदा सामाजिक कार्य गर्दा समस्या हुने गरेको उहाँको भनाई छ ।

वडा कार्यालयको पाँच लाख ८९ हजार रुपैयाँ र स्थानीयबासीको श्रमदानमा भवन निर्माण गरिएको आमा समुहकी सचिव रामकुमारी पुनले जानकारी दिनुभयो ।उहाँका अनुसार, भवन निर्माणको लागि स्थानीय स्वर्गिय भिमबहादुर पुनको स्मृतिमा उहाँको परिवारले करिब ४ आनाको जग्जा निशुल्क उपलब्ध गराउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार