सुदूरपश्चिममा पहिलो मेयर जित्यो एकीकृत समाजवादीले

धनगढी । नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिममा पहिलो मेयर जितेको छ । कैलालीको घोडाघोडी नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका खडकबहादुर रावतले एमालेका ममताप्रसाद चौधरीलाई हराउनुभएको हो।

रावतले १३१२८ मत ल्याए भने चौधरीले ८२४१ मत पाउनुभयो । उपमेयरमा कांग्रेसकी गुलियाकुमारी चौधरी विजयी हुनुभएको छ । उहाँले एमालेकी करूणादेवी बटालालाई हराउनुभएको हो।यहाँ सत्तारूढ गठबन्धन थियो । २०७४को चुनावमा यसपालि पराजित भएका एमालेका चौधरीले मेयर जित्नुभएको थियो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार