स्थानीय चुनावमा कांग्रेस र माओवादी बीचमा गठबन्धन थियो, अरूको होइन : खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजावादी)का सम्मानित नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन भने पनि कांग्रेस(माओवादीको मात्रै गठबन्धन रहेको बताउनुभएको छ । खनालले कांग्रेस-माओवादीले नै धेरै गठबन्धन गरेको बताउनुभयो ।

‘हामीले जुन रूपमा गठबन्धन हुन्छ भनेका थियौं, त्यसरी भएन। धेरै ठाउँमा कांग्रेस र माओवादीको मात्रै गठबन्धन रह्यो। महानगर र उपमहानगरकै कुरा गर्दा पनि गठबन्धनको मर्म अनुसारको मत आएको छैन,’ उहाँले भन्नुभयो,’काठमाडौंमा हाम्रा उपमेयर उम्मेदवारको मत आउन सकेन। अहिले नै सबै विश्लेषण गर्ने बेला त भएको छैन तर गठबन्धनको नतिजाबारे गम्भीर समीक्षा गर्न जरूरी छ।’

उहाँले काठमाडौंसहित विभिन्न पालिकामा स्वतन्त्र उम्मेदवारको अग्रताले नेपालका नेताहरूको ल्याकत देखाएको बताउनुभयो । अहिले जुन खालको नतिजा आइरहेको छ। त्यसले दलका नेतृत्वले सबै खालको समीक्षा गर्नुपर्छ,’ उहाँले भन्नुभयो,’अबको बाटो के हुने भनेर हामीले गम्भीर छलफल गर्नै पर्ने भएको छ।’ सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार