स्थानीय पालिकाको निर्वाचनमा नेपाली कांग्रेस अग्रस्थानमा आउँछ : नेता निधि

मोरङ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय पालिकाको निर्वाचनमा नेपाली कांग्रेस अग्रस्थानमा आउने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच भएको तालमेलबाट नेपाली कांग्रेस अग्रस्थानमा आउने बताउनुभएको हो ।

नेता निधिले भन्नुभयो, ‘यो गठबन्धनले मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था र कांग्रेस पार्टीलाई बलियो बनाउन सहयोग पुग्नेछ ।’ पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उहाँले एक करोड ७० लाख मतदाता रहेको मुलुकमा कोही कसैको भाइ, श्रीमती, छोरीबुहारी हुने भएकाले निर्वाचनमा उम्मेदवारी हुनु स्वभाविक भन्ने धारण व्यक्त गर्नुभयो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार