स्वतन्त्रबाट निर्वाचित अध्यक्ष प्यारीलालले एक्लै शपथ लिए

हुम्ला । हुम्लाको चंखेली गाउँपालिकामा स्वतन्त्रबाट अध्यक्षमा निर्वाचित प्यारीलाल शाहीले एक्लै शपथ लिनुभएको छ । हुम्लामा गत ६ गते शपथ कार्यक्रम थियो । संयुक्त रुपमा आयोजना गरिएको शपथ कार्यक्रममा सहभागी नभएका प्यारीलालले आइतबार मुख्य निर्वाचन अधिकृत एवम जिल्ला न्यायाधीश जगतबहादुर पौडेलबाट शपथ लिनुभएको हो ।

प्यारीलाल गठबन्धनका साझा उम्मेद्वार गोविन्दबहादुर शाहीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँलाई एमाले र एकीकृत समाजवादीको समर्थन थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट अध्यक्षयमा चुनाव लडेका प्यारीलाल माओवादी केन्द्रका धनलाल चौलागाईंसँग १७४ मतले पराजित हुनुभएको थियो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार