हेटौँडामा वडाध्यक्षका ५ जना स्वतन्त्र उम्मेदवार : जसले आफैँलाई भोट हानेनन्

हेटौँडा । हेटौँडा उपमहानगरपालिकामा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका ५ जनाले आफैँलाई भोट नहालेको पाइएको छ ।हेटौँडाको १९ ओटा वडामध्ये १३ ओटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।

जसमा ७ ओटा वडामा नेपाली कांग्रेस ६ ओटा वडामा एमाले विजयी भएको छ । हेटौँडाको मत गणनामा विभिन्न वडाका ५ जना स्वतन्त्रबाट वडा अध्यक्षका उम्मेदवारले शून्य मत पाएका छन् भने ३ जना स्वतन्त्र उम्मेदवारले एक–एक मत मात्रै पाएका छन् ।

स्वतन्त्रबाट २ मा वडाध्यक्षका उम्मेदवार रमेशबहादुर थिङ, ६ मा शिवप्रसाद गौतम, १५ मा कृष्णलाल स्याङतान, प्रेमबहादुर भोमजन र १८ मा युवराज खड्काले एक मत पनि ल्याउन सकेनन् । स्वतन्त्रबाट हेटौँडा–१५ बीरबहादुर थिङ, हेटौँडा–१६ का निरन्जनप्रसाद दहाल र हेटौँडा १९ का रत्नबहादुर भ्लोनले एक–एक मत मात्र ल्याएका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार