मन्त्री फेर्ने निर्णयबारे आज छिनोफानो हुन्छ : नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय तत्काल कार्यान्वयनका लागि अध्यक्ष माधव नेपालमाथि दबाब बढेको छ । एकीकृत समाजवादीको सचिवालय बैठकमा नेताहरुले मन्त्री हेरफेरको निर्णय कार्यान्वयन नभएको विषयमा प्रश्न उठेका थिए ।

एकीकृत समाजवादीले जेठ २२ मा आफ्ना चार मन्त्री फेर्ने निर्णय गरेको थियो । एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त निर्णय कार्यान्वयन नगरेपछि नेताहरुले बैठकमा अध्यक्ष नेपालको ध्यानाकर्षण गर्नुभएको थियो ।

अब बस्ने पोलिटब्युरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषद बैठकअघि पार्टीको निर्णय कार्यान्वयनमा नेताहरुको जोड थियो । नेताहरुले प्रश्न उठाएपछि अध्यक्ष नेपालले यसबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने आश्वासन दिएको तुलाधरको भनाइ छ ।

आफूहरुको निर्णय कार्यान्वयन नगर्ने कुरा राम्रो नभएको भन्दै आजै गठबन्धनको बैठकमा कुरा उठाउने अध्यक्ष नेपालको भनाइ थियो । गठबन्धनको बैठक अहिले बालुवाटारमा जारी छ । एकीकृत समाजवादीबाट अध्यक्ष नेपाल, महासचिव वेदुराम भुसाल सहभागी हुनुहुन्छ । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

आगामी निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन भुसालको माग

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले आगामी संघ र प्रदेश सभाको निर्वाचनमा प्रत्येक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारसँग माग गर्नुभएको छ। आईतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भुसालले प्रत्येक्ष…

thumbnail

समाज परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आयोजना गरिने विज्ञान तथा प्रविधि सम्मेलनले राष्ट्र विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले मुलुकमा विज्ञान र प्रविधिको विकास र विस्तारसम्बन्धी यस्ता गतिविधिले देशको…

thumbnail

मूल्यवृद्धिको सरकारले अनुगमन गर्छ : मन्त्री बडु

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले विभिन्न वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्ने बताउनुभएको छ। प्रतिनिधि सभाको आईतबारको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै मन्त्री बडूले असार…