यौन हिंसाको बहसमा देउवा, प्रचण्ड र ओलीलाई पनि राख्नुपर्छ : पाण्डे

काठमाडौँ । एमाले नेतृ बिन्दा पाण्डेले यौन हिंसासम्बन्धी बहस शीर्ष नेताहरुका बीच हुनुपर्ने बताउनुभएको छ । महिलाका मुद्दा अब राजनीतिक मुद्दा बन्नुपर्ने भन्दै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सँगै राखेर बहस गर्नुपर्ने बताउनुभएको हो ।

शुक्रबार राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग र महिला अधिकारका लागि काम गर्ने संस्था संकल्पको संयुक्त आयोजनामा भएको यौन हिंसा सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले महिलाका मुद्दालाई राजनीतिक पार्टीहरुले सम्बोधन गनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो : ‘जबसम्म राजनीतिक पार्टीहरुले आफ्नो मुद्दा भनेर स्वीकार गर्दैनन् त्यो दिनसम्म महिलाले न्याय पाउन सक्दैनन् । महिलाका बीचमा जति छलफल गरे पनि यो विषयको टुङ्गो लाग्दैन । त्यसैले अब यो राजनीतिक दलहरुले मुख्य स्ट्रिम मुद्दाको रुपमा उठाउनुपर्छ ।’ उहाँले भन्नुभयो, ‘हिजो महिलाहरु बोल्न हिच्किचाउने थिए, विषय बुझेका थिएनन् ।

त्यसैले महिला सशक्तिकरणमा जोड दिन आवश्यक थियो । महिलाको विषयमा छलफल गर्न महिला मात्रै नभएर पार्टीका प्रमुख नेताहरुसँग छलफल गर्नुपर्छ ।’ राजनीति पार्टीहरूमा पुरुष नेता मात्र नरहेको बताउँदै उहाँले भन्नुभयो, ‘पुरुष मात्रै पार्टीका नेता होइनन् । महिला नेतालाई पनि पार्टीको नेताको हैसियतले बोलाउनुपर्छ, भाषामा पनि विभेद नगरौ ।’ विषय उठानमा मात्र नभई सुनुवाइमा समेत समस्या भएको उहाँको भनाई थियो । रातोपाटीबाट

 

सम्बन्धित समाचार

thumbnail

म राजनीतिबाट बाहिरिएको छैन, मन्थनमै छु : मिश्र

काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आफू राजनीतिबाट बाहिर नरहेको बताउनुभएको छ । आफ्नो मौनताबाट कतिपय शुभेच्छुकहरूमा कतै राजनीतिबाटै बाहिरिन लागेको हो कि भन्ने शंका उब्जिएको आफूले पाएको उल्लेख गर्दै…

thumbnail

बजेट काटिदिएको गुनासो लिएर सुदूरपश्चिमका मन्त्री काठमाडौंमा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष ०७९/८० का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै सामाजिक विकास मन्त्री गोविन्द बोहरा काठमाडौं पुग्नुभएको छ । सामाजिक विकास मन्त्रालयबाट सिफारिस गरिएका योजना आर्थिक मामिला…

thumbnail

श्रीलङ्का सरकारले इन्धन कटौती गर्ने

एजेन्सी । श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी…