अखिल क्रान्तिकारीमा समानान्तर कमिटी चलाउने पवन कार्कीलाई कारवाही

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा समानान्तर कमिटी चलाउने पवन कार्कीलाई कारवाही भएको छ । अखिल क्रान्तिकारीको सचिवालय बैठकले संगठन विरुद्ध जाने कार्कीलाई संगठनको जिम्मेवारीबाट मुक्त गरिएको हो ।

कार्कीलाई २४ घण्टे स्पष्टीकरण सोधिए पनि उनले उल्टै चुनौती दिएपछि अखिल क्रान्तिकारीको सचिवालय बैठकले जिम्मेवारीबाट मुक्त गरेको छ । कार्की यसअघि अखिल क्रान्तिकारीका सचिव थिए । सचिवबाट महासचिव दाबी गरेपनि संगठनले उपाध्यक्षको जिम्मेवारी दिएको थियो ।

तर, कार्कीले उपाध्यक्षमा बस्न अस्वीकार गर्दै समानान्तर कमिटी चलाउँदै आएका थिए । अखिल क्रान्तिकारीमा विवाद भएपछि आज बसेको पूर्व स्थायी समिति बैठकले दुबैपक्षसँग छलफल गरेर टुंगा लगाउने निर्णय गरेको थियो । तर, अखिल क्रान्तिकारीको सचिवालय बैठकले कार्कीलाई संगठनको जिम्मेवारीबाट मुक्त गरी कारवाही गरेको छ । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार