अखिल क्रान्तिकारी भित्रको विवाद : दुबै पक्षलाई बोलाएर छलफल गर्ने तयारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पूर्व स्थायी समिति बैठकले अखिल क्रान्तिकारीमा देखिएको विवाद दुबै पक्षलाई बोलाएर छलफल गर्ने निर्णय गरेको छ । पूर्व स्थायी समितिको बिहान प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले अखिल क्रान्तिकारीका दुबै पक्षसँग छलफल गरेर निकास निकाल्ने विषयमा निर्णय भएको पूर्व स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताउनुभयो ।

‘अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह भइसकेपछि अर्को पक्षले विवाद निकालेको रहेछ । किन संगठनमा समस्या आयो रु भन्ने विषयमा दुबै पक्ष बसेर छलफल गर्ने निर्णय भयो’ पोखरेलले भन्नुभयो, ‘दुवै पक्षको कुरा सुन्ने छलफल गर्ने र विवाद समाधान गर्ने भनिएको छ ।’अखिल क्रान्तिकारीको अध्यक्षमा सिंह भएपछि पवन कार्की पक्षले विवाद निकालेको हो । तत्कालीन संगठनका सचिव कार्की महासचिव हुन खोज्नुभएको थियो ।

कार्कीलाई उपाध्यक्ष बनाएर महासचिवमा दीपेश पुनलाई बनाएपछि उहाँले छुट्टै भेला गर्दै आउनुभएको छ । संगठन विपरित गतिविधि गरेको भन्दै अध्यक्ष सिंहले कार्कीलाई स्पष्टीकरण समेत सोध्नुभएको थियो । कार्कीले स्पष्टीकरणको जवाफ नदिएर अटेर गर्नुभएको थियो । उल्टै संगठनको निर्णय विपरित आइतबार उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रम राख्नुभउको थियो ।

अखिल क्रान्तिकारीमा थप विवाद बढ्ने भएपछि शनिबार बेलुका खुमलटार छलफलमा पूर्व स्थायी समिति बैठकबाट निकास निकाल्ने समझदारी भएको थियो । प्रचण्ड सहित नारायणकाजी श्रेष्ठ र वर्षमान पुन लगायत नेताहरुले पूर्व स्थायी समिति बैठकमा छलफल गरेर निकास निकाल्ने सहमति भएपछि प्रशिक्षण रोकिएको थियो । अब लामो समयदेखि अखिल क्रान्तिकारीमा हुँदै आएको विवाद समाधान हुन बताएको छ । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार