अनेरास्ववियु म्याग्दीको जिल्ला अधिवेशन भदौमा

म्याग्दी । नेकपा एमाले निकट अनेरास्ववियु जिल्ला कमिटी म्याग्दीको २० औं जिल्ला सम्मेलन आगामी भदौ १७ र १८ गते हुने भएको छ । अनेरास्ववियु जिल्ला कमिटी म्याग्दीका संयोजक दर्पण रोका मगरको अध्यक्षतामा बुधबार बसेको सचिवालय कमिटीको बैठकले सम्मेलनको मिति तय गरेको हो । सम्मेलनको तयारीमा लाग्न मातहतका कमिटीलाई आग्रह गरेको छ ।

बैठकले सदस्यता वितरण लाई निरन्तरता दिने निर्णय गरको छ । १०१ सदस्यीय बिपद ब्यबस्थापन समिती गठन गरेको अनेरास्ववियुका सचिव मिलन खत्रीले बताउनुभयो । अखिलको विपत व्यवस्थापनको टिमलाई वर्षाका समयमा आउन सक्ने प्राकृतिक प्रकोपमा उद्धार तथा सहयोग गर्ने गरि तयारी अवस्थामा राखिने सचिव खत्रीको भनाई छ ।

बैठकमा नेकपा एमाले जिल्ला गण्डकी प्रदेश कमिटी सचीवालय सदस्य हरिकृष्ण श्रेष्ठ , नेकपा एमाले जिल्ला कमिटी म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदी , नेकपा एमाले जिल्ला कमिटी म्याग्दीकी उपसचिव एवं जनबर्गिय संगठन बिभाग प्रमुख थमसरा पुन मगर , अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य एबं नेकपा एमाले नगर कमिटी सचीव सुवास बिश्वकर्मा लगायत अन्य नेताहरुको उपस्थित रहेको थियो ।

सम्मेलनलाई अनेरास्ववियुका केन्द्रिय स्तरका नेता तथा जिल्लाका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम तय गरिने अनेरास्ववियुले जनाएको छ ।
वैठकमा कमिटीका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख समिर रोका र अनेरास्ववियु वाग्लुङकी सचिवालय सदस्य अमृता जिसी हालै मात्र वैवाहिक जीवनमा वाँधिनुभएकोमा सम्मान सहित बधाई ज्ञापन समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार