अन्तर्राष्ट्रिय बजारमा मूल्यको उतारचढावका कारण समयमै मल ल्याउन सकिएन : कृषि मन्त्री

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा आएको उतारचढावका कारण समयमै मल भित्र्याउन नसकिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकमा स्थगन प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले कृषि सामग्री कम्पनी लिमिटेडले एक लाख पाँच हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कम्पनीले एक लाख १७ हजार मेट्रिक टन रासायनिक मल ल्याउने प्रकृया सुरु गरिए पनि समयमै ल्याउन नसकिएको बताउनुभयो ।

उहाँले दुई लाख २२ हजार मेट्रिक टन मल ल्याउने प्रकृयामै रहे पनि समयमै आपूर्ति हुन नसक्दा बजारमा अभाव देखिएको जिकिर गर्नुभयो । समयमै मल आपूर्ति नगर्ने ठेकेदारको ठेक्का रद्द गरी आवश्यक कारवाहीको प्रकृया सुरु गरिएको उहाँले बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार