अब म खुइलिएँ, तपाईंहरुको राजनीतिक अभिष्ट पूरा होस् : रवीन्द्र मिश्र

काठमाडौँ । विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफूलाई केहीले प्रत्यक्ष भेटमै ‘खुइल्याउने’ चेतावनी दिएको खुलासा गर्दै उनीहरुको राजनीतिक अभिष्ट पूरा होस् भन्ने शुभकामना दिनुभएको छ ।

उहाँले बुधबार ‘(अ)मित्र’लाई सम्बोधन गरी फेसबुकमा स्टाटस लेख्दै यस्तो जनाउनुभएको हो । उहाँले लेख्नुभएको छ, ‘जसले मलाई प्रत्यक्ष भेटमा सिधै भनेका थिए– तपाईलाई नखुइल्याई त मेरो/हाम्रो राजनीतिक अभिष्ट नै पूरा हुँदैन नि !’

मिश्रले अब आफू ‘खुइलिएको’ पनि उल्लेख गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘अब म खुइलिएँ । तपाई(हरु)को राजनीतिक अभिष्ट पूरा होस् ।’उहाँले यो देश हाम्रै जीवनकालमा रुपान्तरण होस् भन्ने कामना गर्दै ती ‘(अ)मित्र’हरुलाई शुभकामना समेत दिनुभएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार