अमेरिकी सेना नेपाल आउने कुरामा सत्यता छैनः मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सेना नेपाल आएर बस्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पार्नुभएको छ । बिहीबार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गरिसकेपछि सञ्चारकर्मीले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाल सार्वभोम राष्ट्र भएको उल्लेख गर्दै एक देशबाट अर्को देशको नागरिक अवतजावत गर्ने प्रक्रियाहरु रहेकोले बिना प्रक्रिया कुनै व्यक्ति, सेना आउने र रहने कुरा कुरामै सिमित रहेको दाबी गर्नुभयो । उहाँले एमसिसी परियोजना कार्यान्वयनमा गइसकेको भन्दै अबका दिनमा नेपाली जनताले पाउने प्रतिफल देखिँदै जाने पनि बताउनुभयो।

उहाँले भन्नुभयो, ‘एमसिसी परियोजना अब कार्यान्वयनमा गइसकेको छ। जुन उद्देश्यका साथ एमसीसी परियोजना लागू भएको छ नेपालमा संसदबाट करिव करिव सहमतिमा एमसिसी परियोजना लागू भएको हो। यसबाट नेपाली जनताले पाउने प्रतिफल देखिँदै जानेछ। एमसिसी परियोजनालाई समयमै सम्पन्न गरेर यसको लाभबाट नेपाली समाजलाई लाभान्वित गर्नको लागि हामी सबैले साझा प्रयत्न गरौँ।

हाम्रो सार्वभौम सम्पन्न स्वतन्त्र राष्ट्र हो । र एक देशबाट अर्को देशको नागरिक अवतजावत गर्ने प्रक्रियाहरु छन्। ती प्रक्रियाबिना कुनै व्यक्ति, सेना आउने, रहने कुरा कुरा मात्रै हो। यसमा कुनै सत्यता छैन।’ मन्त्री कार्कीले एमसिसी परियोजनालाई समयमै सम्पन्न गरेर यसको लाभबाट नेपाली समाजलाई लाभान्वित गर्नको लागि सबैले साझा प्रयत्न गर्नुपर्ने बताउनुभयो । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार