अमेरिकी सैनिक जनरल ४ दिने भ्रमणमा आज नेपाल आउँदै

काठमाडौँ । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन ४ दिने औपचारिक भ्रमणमा नेपाल आउँदै हुनुहुन्छ । बिहीबार दिउँसो सद्भावना भ्रमणमा चाल्र्स ए फ्लिन नेपाल आउन लागेको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) नारायण सिलवालले बताउनुभयो ।

फ्लिन सन् २०२१ जुनदेखि एसिया–प्रशान्त क्षेत्रको प्रमुख हुनुहुन्छ । शुक्रबार सैनिक मुख्यालय जंगी अड्डामा प्रधान सेनापति प्रभुराम शर्मा र अमेरिकी जनरलको बीचमा भेटवार्ता हुँदैछ । प्रधानसेनापतिले सैनिक जनरलको सम्मानमा शुक्रबार रात्रिभोज आयोजना गर्नुभएको छ।

चाल्र्स ए फ्लिन जेठ २८ मा माउन्टेन फ्लाइटमा जाने कार्यक्रम छ । सगरमाथा आधार शिविर भ्रमणपछि सोलुखुम्बुको नाम्चे बजार माथि रहेको एभरेष्ट भ्यू होटलमा खाना खाने कार्यक्रम छ । जेठ २९ मा वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखाल र शिवपुरीस्थित सेनाको कमाण्ड एण्ड स्टाफ कलेज भ्रमण गरेर उहाँ अमेरिका फर्कनुहुनेछ । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार