अर्थमन्त्री शर्मालाई फिर्ता बोलाएर सूचनामन्त्री ज्ञानेन्द्रलाई अर्थमा लैजाने विषयमा छलफल

काठमाडौँ । नेकपा माओवादी केन्द्रले अर्थमन्त्री जनार्दन शर्मालाई सरकारबाट फिर्ता बोलाउने तयारी गरिरहेको छ। माओवादी केन्द्र सत्तारुढगठबन्धन भित्रको एउटा राजनीतिक दल हो।

स्रोतका अनुसार अर्थमन्त्री शर्माले अर्थ मन्त्रालय राम्ररी चलाउन नसकेको भन्दै विगत तीन चारदिनदेखि शर्मालाई फिर्ता बोलाउने सम्बन्धमा माओवादी केन्द्र भित्रव्यापक छलफल भइरहेको छ। स्रोतका अनुसार यसै सिलसिलामा अर्थमन्त्री शर्मा आइतबार (हिजो) र सोमबार (आज) आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटन खुमलटारस्थित उहाँको निवासमा पुग्नुभएको छ।

अर्थतन्त्र संकट आइरहेको बेला पनि भरपर्दो योजना बनाएर समाधानको पहल गर्न नसकेको भन्दै पार्टी भित्र शर्माको कमजोरीबारे बारम्बार चर्चा हुन थालेपछि अध्यक्ष दाहालले उहाँलाई आफ्नै निवासमा बोलाएर भेट्नुभएको थियो। अर्थमन्त्री शर्माले भने आफूलाई हटाएर देखाउन पार्टी पंक्तिलाई चुनौती दिइरहेको स्रोतले बतायो। उहाँलाई फिर्ता बोलाएर सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बनाउने बिषयमा पनि छलफल भइरहेको स्रोतले बतायो । यसैगरी सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका तर्फबाट गृहमन्त्री बनेको बालकृष्ण खाँणको ठाँउमा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई ल्याउने तयारी भइरहेको पनि स्रोतले बतायो। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार