अर्थमन्त्री शर्माले जवाफ दिने विषय कार्यसूचीमा परेन

काठमाडौं । अर्थ मन्त्रालयमाथि उठेका प्रश्नको मन्त्री जनाार्दन शर्माले जवाफ दिने विषय आजको संसद बैठकको कार्यसूचीमा परेको छैन । संसद बैठकमा प्रतिपक्षी दलका सांसदहरूले बजेट निर्माणका क्रममालाई लिएर अर्थमन्त्रालयमाथि विभिन्न प्रश्न उठाएका थिए ।

तर, आज जारी संसद बैठकमा ती प्रश्नको जवाफ दिने विषय कार्यसूचीमै राखिएको छैन । आजको बैठकमा तीनवटा कार्यसूची रहेका छन् । तीमध्ये विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरूको छलफलमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ ।

कार्यसूचीमा ११ वटा मन्त्रालयको बजेट शीर्षकमा उठेका प्रश्नको जवाफ दिने विषय उल्लेख भए पनि अर्थ मन्त्रालय राखिएको छैन् । यसअघि सम्भावित कार्यसूचीमा भने अर्थ मन्त्रालय पनि सूचीमा थियो । मन्त्रीहरूले जवाफ दिनुअघि शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन पेस गर्ने र त्यसपछि पूर्वमन्त्री मिथिला चौधरीको निधनसम्बन्धी शोक प्रस्ताव रहेको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार