असार ७ देखि राप्रपाको केन्द्रीय समिति बैठक

काठमाडौं । राप्रपाको केन्द्रीय समितिको बैठक असारमा बस्ने भएको छ । असार ७ गतेदेखि ९ गतेसम्म काठमाडौंमा केन्द्रीय समिति बैठक बस्ने राप्रपाले जनाएको छ ।

वैशाख ३० मा भएको स्थानीय चुनाव समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रीय समितिमा छलफल हुने बताइएको छ । बैठकमा प्रदेशमा पार्टी संगठनको अवस्थाबारे पनि रिपोर्टिङ हुने भएको छ। हालै बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पनि राप्रपाले स्थानीय चुनाव परिणामबारे समीक्षा गरेको थियो । सेतोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार