अहिले भएका कुनै पनि दलमा प्रवेश गर्दिनँ : रवि लामिछाने

काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने आफू व्यवस्था बदल्न नभइ, नागरिकको अवस्था बदल्न राजनीतिमा आएको घोषणा गर्नुभएको छ ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गरेर उहाँले आफू ठूलो काम गर्न नभई आम मान्छेका ससाना समस्या समाधानका लागि राजनीतिमा लागेको स्पष्ट पार्नुभयो । उहाँले अहिले भएका कुनै पनि दलमा आफू प्रवेश नगर्ने घोषणा पनि गर्नुभयो ।

उहाँले आम नागिरकलाई चाहिएको जस्तो दल बनाएर अघि बढ्ने बताउनुभयो । आफू भएका दलहरुवले नागरिकको आशा विपरीत काम गरेको, जनमत गुमाउँदा पनि एउटाले अर्कोसँग, अर्कोले अर्कोसँग गठबन्धन गरेर सत्तामा रहने प्रपञ्च गरिरहेको आरोप उहाँले लगाउनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार