आधा महिला उम्मेदवार अनिवार्य गरौं : उप्रेती

काठमाडौँ । निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त निलकण्ठ उप्रेतीले दलहरुले सबै पदमा उम्मेदवारी दिँदा आधा महिला उम्मेदवार समावेश गर्नुपर्ने व्यवस्था लागू गर्नुपर्ने बताउनुभएको छ ।

महिला तथा सामाजिक समितिको आज सिंहदरबारमा बसेको बैठकमा उहाँले संविधानको धारा ३८ अनुसार समानुपातिक समावेशी अनुसार कानुन नबनाएकोमा पनि प्रश्न उठाउनुभयो । समावेशी कानुन नबनेकोले नै ०७० र ०७४ को चुनावमा महिला उम्मेदवारको संख्यामा खासै फरक नपरेको उहाँको भनाइ थियो ।

महिला उम्मेदवार कम हुनुमा निर्वाचन प्रणाली, दलहरू या हाम्रो परम्परा के दोषी हो रु पत्ता लगाउनुपर्ने उहाँले बताउनुभयो । बैठकमा स्थानीय तह निर्वाचनमा महिला उम्मेदवारीको अवस्था, संविधान एवं कानूनको मर्म र अबको बाटोका विषयमा छलफल भइरहेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार