आफ्नो भूभाग फिर्ता चाहियो भन्नु अर्घेल्याइँ होइन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भूभाग फिर्ता चाहियो भन्नु अर्घेल्याइँ नभएको बताउनुभएको छ ।पूर्व राजदूतहरुको समूहसँग आज भएको छलफलमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा सुगौली सन्धिपछि १४६ वर्षसम्म नेपालले भोगचलन गरेको भूभाग भएको बताउनुभयो।

एउटा समय सन्दर्भमा कालापानीमा भारतीय फौज आएर बसेको भन्दै उहाँले अघि भन्नुभयो, ‘कालापानीमा भारतीय फौज भएकाले त्यसभन्दा उता लिम्पियाधुरा र लिपुलेकमा नेपाली प्रवेश गर्नै सकेनन् । यो यथार्थ हो । अहिले नेपालीले भन्न सकेनन् भने पनि अलिपछि भन्छन्, भन्नैपर्छ ।’

उहाँले अघि भन्नुभयो, ‘हाम्रो भूभाग फिर्ता चाहियो भन्नु अर्घेल्याइँ होइन, सम्बन्ध विगार्ने कुरा पनि होइन ।’भारतीय प्राधनमन्त्रीसँग भएको भेटहरुमा आफूले यसबारे खुलस्त छलफल गरेको भन्दै ओलीले राजनीतिक खचपच नभएको भए यो विषय सल्टिसक्थ्यो जस्तो लागेको समेत बताउनुभयो । अनलाइखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार