इन्धनको मूल्यवृद्धिबारे वाणिज्य मन्त्रीको जवाफ गैरजिम्मेवार : लामा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद नवीना लामाले इन्धनको मूल्यवृद्धिबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले दिएको जवाफ गैरजिम्मेवारपूर्ण रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद लामाले मन्त्री बडूको जवाफ ‘नालायक’ र ‘गैरजिम्मेवार’ भएको बताउनुभएको हो । ‘मूल्यवृद्धिबारे संसदमा वाणिज्य मन्त्री दिलेन्द्रप्रसाद बडुले दिएको जवाफ नालायक र गैरजिम्मेवार भएको बताउँछु ’ सांसद लामाले भन्नुभयो । मूल्यवृद्धिका कारण जानताको ढाड सेकिएको भन्दै उहाँले मूल्यवृद्धिविरुद्ध भएको आन्दोलनमा भएको प्रहरी दमनको विरोध गर्नुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार