इम्बोस्ड नम्बर नेपाली भाषामा हुनुपर्ने लेखक संघको माग

काठमाडौँ । नेपाली लेखक संघले सवारी साधनका इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा लेखिनुपर्ने माग गरेका छन् । संघका अध्यक्ष तीर्थ श्रेष्ठले बुधबार विज्ञप्ति निकालेर अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट लेखिनु खेदजनक रहेको उल्लेख गर्नुभएको छ ।

अंग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णयले नेपाली भाषाको अवमूल्यन गरेको लेखक संघको भनाइ छ।सरकारी कामकाजको भाषा नेपाली हुनुपर्ने संविधानले स्वीकार गरेको पनि उनीहरूले बताएका छन्। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार