एक लाख ८६ हजार रुपैयाँ बढीको फर्निचर सामग्री सहयोग

बेनी । म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट स्थित दुध पराई (मुखिया)पुन सेवा समाजलाई अमेरीकाबाट एक लाख ८६ हजार ७६७ रुपैयाँ सहयोग प्राप्त भएको छ ।

अमेरीकामा रहनुभएका मिलन पुन ,प्रेम पुन ,उत्तम पुन र रजिन पुनले संयुक्त रुपमा समाजलाई आवश्यक फर्निचर सामग्री खरिद गर्नका लागि उक्त रकम सहयोग गर्नुभएको पुन सेवा समाजका सचिव ललित पुनले जानकारी दिनुभयो ।

प्राप्त रकमबाट समाजलाई आवश्यक पर्ने टेबल ,कुर्ची लगायत फर्निचर सामग्री खरिद गरिएको उहाँले बताउनुभयो । पुन सेवा समाजका अध्यक्ष लेकबहादुर पुनले सहयोग प्रति धन्यवाद व्यक्त गर्नुभयो । समाजले हरेक सामाजिक काममा फर्निचर सामग्री सदुपयोग गर्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार