एसपिपी खारेज गरिन्छः प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) खारेज हुने बताउनुभएको थियो । शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष दाहालले एसपिपीजस्तो विषय खारेज गर्नुको विकल्प नरहेको बताउनुभएको हो।

‘एसपिपी र एमसीसी केपी ओलीको करामत हो,’उहाँले भन्नुभयो,’अब यो क्लियर भइसक्यो। एमसीसी १२ बुँदे घोषणपत्रसहित पारित भयो । तर, एसपिपीमा त्यो हुनेवाला छैन। खारेज हुन्छ, गरिनु पर्छ।’वाम गठबन्धको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा अध्यक्ष दाहालले अहिलेकै गठबन्धन संघीय निर्वाचनसम्म जाने उल्लेख गर्नुभयो । बाहिर मिडियामा आएजस्तो कुनै पनि वाम गठबन्धको विषयमा कुरा अगाडि नबढेको स्पष्ट पार्नुभयो। रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार