एसपीपीमा रहनु हुँदैन भन्नेबारे सत्ता गठबन्धनमा विमति छैन : नेपाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकासँग ‘स्टेट पार्टनरशीप प्रोग्राम’ (एसपीपी) मा रहनु हुँदैन भन्नेमा सत्ता गठबन्धनमा कुनै विमति नरहेको प्रस्ट पार्नुभएको छ ।

आइतबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले सत्तारुढ सबै दल एसपीपीमा नेपाल सामेल हुनु हुँदैन भन्ने पक्षमै रहेको बताउनुभएको हो । यद्यपि एसपीपीबाट फिर्ता हुने सम्बन्धमा गठबन्धनमा औपचारिक छलफल नभएको उहाँको भनाइ थियो ।

उहाँले आइतबार बसेको गठबन्धन बैठकमा पनि नेपालले कुनै पनि सैन्य गठबन्धनमा रहँदनौं भनेर प्रस्ट अडान लिनुपर्नेमा सबैजसो नेता सहमत भएको बताउनुभयो ।​ एसपीपीले नेपालमा तरङ्ग ल्याएको र एसपीपीकै कारण नेपाल द्वन्द्वको अखडा हुने हो कि भन्ने चिन्ता सर्वसाधारणमा रहेको भन्दै उनहाँले यसबारे गठबन्धनको बैठक बोलाएर प्रस्ट पार्नुपर्छ भनेर आफूहरुले आजै प्रधानमन्त्रीलाई भनेको र यसमा प्रधानमन्त्री पनि सकारात्मक रहेको जनाउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार