कन्काईको बाढीले झापाका एक सय घर डुबानमा

झापा । गए रातिदेखि परेको वर्षाका कारण झापाको कनकाई नदीमा पानीको बहाव बढेको छ । कन्काईको बाढीले करिब एक सय घर डुवानमा परेका छन् । कन्काईको एक भंगालो बस्ती पसेको छ। इलाका प्रहरी कार्यालय शिवगञ्ज पूर्वको बस्ती डुवानमा परेको हो ।

उनीहरूलाई सुरक्षित स्थानमा लैजाने तयारी छ । मेची, निन्दा, बिरिङ, कनकाई, रतुवा लगायतका नदीमा पानीको सतह बढेको छ । यी नदीमा बाढी आउँदा भद्रपुर, कचनकवल, झापा, शिवसताक्षी, गौरीगन्ज,गौरादह र दमक नदीमा बाढी आउँदा वर्षेनी यहाँका बस्ती प्रभावित हुने गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार धेरै बस्ती डुवानमा परेको खबर आएका छन् । यस्तै पाँचगाछि सन्थाल बस्ती पनि डुवानमा परेको छ। जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा लगिएको छ । जोखिम बस्तीमा नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार