कर्णाली सरकारको नीति तथा कार्यक्रम मंगलबार

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम मंगलबार प्रदेश सभामा पेस गर्ने तयारी गरेको छ । सरकारकातर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्नेछन् । नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी सरकारको छ ।

यसपटक कार्यान्वयनमुखि योजना मात्रै बजेटमा समावेश गर्ने प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले बताउनुभयो । प्रदेश सरकारले विगतका अधुरा आयोजना कार्यान्वयन गर्ने नीति अपनाएको छ । यसअघिका थुप्रै आयोजनाहरू अधुरा छन् । ती आयोजनालाई मुर्तरुप दिनका लागि नयाँ योजना थप्नेभन्दा पुरानै योजनामा बजेट थप्ने र कार्यान्वयन गर्ने सरकारको तयारी छ,’ उहाँले भन्नुभयो । मन्त्री विष्टका अनुसार आगामी आर्थिक वर्षका लागि ल्याइने बजेट विगतभन्दा केही घटेर आउने छ ।

मन्त्री विष्टका अनुसार आयोजना बैंक स्थापना गरी सोही बैंकमा रहेका आयोजनाहरू मध्येबाट प्राथमिकताका आधारमा नयाँ आयोजना छनोट गरी स्रोत विनियोजन गरिनेछ । प्रदेश सरकारले आगामी वर्ष नयाँ र दीर्घकालीन महत्वका आयोजना प्रस्ताव गर्दा सोको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय अध्ययनको आधारमा वहुवर्षीय आयोजनाको रुपमा स्वीकृत गरी कार्यान्वयन गर्ने नीति पनि लिएको छ । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार