काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि अवरोध

काठमाडौं । सिसडोल क्षेत्रका वासिन्दाले काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि अवरोध गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

सिसडोल ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले स्थानीयले आज पनि फोहोर फाल्न रोकेको बताउनुभयो । ‘अगाडि अवरोध छ, गाडीहरु रोकिराख्या छन्,’ श्रेष्ठले भन्नुभयो, ‘कसरी अगाडि बढ्ने भनेर छलफल भइरहेको छ ।’

स्थानीयवासीसँग समन्वय नगरेको भन्दै मंगलबार पनि फोहोर विसर्जन गर्न स्थानीयले अवरोध गरेका थिए । त्यसपछि फोहोर विसर्जन गर्न प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले धरपकड गरेको भन्दै स्थानीय आक्रोशित भएका थिए । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार