काठमाडौंले फोहोर थेग्न सक्दैन : थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं फोहोर थेग्न सक्ने अवस्थामा नरहेको बताउनुभएको छ । शुक्रबार सहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरेडाँडा र सरोकारवाला निकायहरुबीचको छलफलमा महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।

उहाँले काठमाडौं उपत्यकामा जम्मा भएको फोहोर विसर्जन हुन नसक्दा जनस्वास्थ्यमा असर पर्न थालिसकेको बताउनुभयो । उहाँले विगतमा गरिएका गल्ती नदोहो¥याउने प्रतिवद्धता गर्दै स्थानीयहरुले अहिलेको सरकारसँग र समस्या समाधान गर्न बनेको संयन्त्रसँग विश्वास गर्न आग्रह गर्नुभयो ।

महामन्त्री थापाले जग्गा अधिग्रहण गर्ने सबैभन्दा महत्वपूर्ण भएकोले प्रधानमन्त्रीलाई यसबारेमा सबैले अनुरोध गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले सरकारसँग भएको पैसाबाट नै ल्याण्डफिल्ड साइटको जग्गा अधिग्रहणको मुआब्जा वितरण गर्न सकिने स्पष्ट पार्नुभयो । महामन्त्री थापाले काठमाडौंमा यो वर्ष बनाउने भनेका पूर्वाधार संरचनाहरु रोकेर भएपनि फोहोर व्यवस्थापन गर्न लाग्नुपर्ने दोहो¥याउनुभयो । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार