काठमाडौं क्षेत्र नम्बर ५ बाट दर्शनाले उम्मेदवारी दिने

काठमाडौँ । आगामी प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट रञ्जु दर्शनाले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । विवेकशील नेपाली दल र विवेकशील साझा पार्टीमा काम गरिसकेकी उनले आगामी निर्वाचनमा भने स्वतन्त्र उम्मेदवारी दिन लाग्नुभएको हो ।

उहाँले भन्नुभयो– ‘यो वर्ष मैले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने तयारी गरेको छु । मैले कुनै दलबाट नभई स्वतन्त्र उम्मेदवारी दिन लागेको हुँ ।’ काठमाडौं क्षेत्र नम्बर ५ मा वाम गठबन्धनबाट एमालेका ईश्वर पोखरेल २३ हजार २९ मत पाएर विजयी हुनुभएको थियो ।

उहाँका निकटतम प्रतिस्पर्धी काँग्रेसका प्रकाशशरण महतले १३ हजार १ सय ६९ मत पाउनुभएको थियो । विवेकशील नेपाली दलका उज्ज्वल थापाले ६ हजार ८ सय ५३ मत पाउनुभउको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगर प्रमुखका लागि भएको प्रतिस्पर्धामा उहाँले तेश्रो स्थान पाउनुभएको थियो । उहाँले २३ हजार ४ सय ३९ मत पाएउनुभएको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार