काठमाडौं महानगरको कार्यपालिका सदस्य चयन गर्न आज मतदान

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको ८ सदस्यको लागि मंगलबार निर्वाचन भइरहेको छ । काठमाडौं महानगरपालिकाको कार्यपालिका ४२ सदस्यीय हुनेछ । जसमा मेयर, उपमेयर र ३२ वटा वडाका वडाध्यक्ष पदेन सदस्य हुनेछन् ।

अरु ८ जना भने निर्वाचनबाट चयन हुनेछन् । मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यसमेत गरी १६१ मतदाताले आठ जना कार्यपालिका सदस्य चयनका लागि मतदान गर्नेछन् । महानगरपालिकामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको बहुमत छ । १६१ मध्ये ९३ जना कांग्रेसबाट निर्वाचित छन् । नगर कार्यपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल पनि गरेका छन् ।

जस अनुसार माओवादी केन्द्र र एकीकृत समाजवादीले १–१ सदस्य पाउनेछन् भने ६ सदस्य कांग्रेसको रहनेछन् । काठमाडौं महानगरपालिकामा १६१ जनप्रतिनिधिमध्ये कांग्रेसको ९३, एकीकृत समाजवादीका ५ गरी सत्ता गठबन्धनमा ९८ जना छन् । त्यस्तै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि ६२ जना छन् भने मेयर बालेन साह स्वतन्त्र हुन् । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार