कृषि मन्त्रीप्रति खेद व्यक्त गर्दछु : रावल

काठमाडौँ । प्रतिनिधिसभा सदस्य झपटबहादुर रावलले मलको अभावमा किसान पिल्सिरहेको अवस्थामा विदेश भ्रमणमा रमाउने गरेको भन्दै कृषि मन्त्रीप्रति खेद व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा स्थगन प्रस्तावमाथिको छलफलमा भाग दिँदै उहाँले सरकार जनताका समस्यालाई बेवास्ता गर्दै कमिसनको खेलमा लागिरहेको आरोप लगाउनुभयो ।

किसानका समस्याप्रति कृषिमन्त्री बेखबर रहेको भन्दै उहाँले मुठी रोपेर मुरी भित्र्याउने समयमा किसानलाई मलको अभाव भइरहेको तर्फ सरकार बेखबर रहेको आरोप लगाउनुभयो । प्रतिपक्षका सांसदले आफ्नो माग लिएर मन्त्रीहरुलाई बुझाएको पत्र च्यातिएको भन्ने आफूले सुनेको भन्दै उहाँले त्यस्ता मन्त्रीलाई खबरदारी समेत गर्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार