क्षमताअनुसार काम गर्छु, पदको दुरुपयोग गर्दिनँ : शहरी विकासमन्त्री चौधरी

काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले आफ्नो क्षमता, योग्यताअनुसार काम गर्ने बताउनुभएको छ । आइतबार सपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका शहरी विकासमन्त्री चौधरीले भन्नुभयो, ‘मेरो योग्यता, क्षमता अनुसार काम गर्छु ।

यो पदको दुरुपयोग गर्दिनँ ।’ छोटो समयका लागि आएको भए पनि धेरै काम गर्नुपर्ने भन्दै उहाँले आफूले रफ्तारमा काम गर्ने समेत बताउनुभयो । उहाँले पदभार ग्रहण गर्दै प्रस्तावित शहरी ऐन २०७९ लाई सदर गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार