गठबन्धनलाई जोगाउँदै चुनावमा जाने हो : नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छ महिनाभित्र संघीयरप्रदेश सभा चुनाव हुने बताउनुभएको छ । मंसिरलाई आधार मानेर चुनावको तयारी भइरहेको उहाँले बताउनुभयो ।

आज काठमाडौंमा सम्पादकहरूसँग छलफल गर्दै अध्यक्ष नेपालले सत्ता गठबन्धनलाई आगामी चुनावसम्म निरन्तरता दिइने बताउनुभयो ।‘गठबन्धन जोगाउँदै चुनावमा जुट्नुपर्नेछ,’ उहाँले भन्नुभयो, ‘छ महिनाभित्र चुनाव हुन्छ। मंसिरलाई आधार मानेर चुनावको तयारी छ। अहिलेदेखि नै चुनावबारे तयारी गर्नुपर्छ। गठबन्धन गर्ने भएकोले सिटबारे पनि छलफल गर्नुपर्नेछ।’

उहाँले आज बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालगायतसँग पनि छलफल गरिएको बताउनुभयो । कमजोरीका समीक्षा गर्दै मिलेरै अगाडि बढ्नेबारे सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल भएको उहाँले बताउनुभएको छ । उहाँले स्थानीय तह चुनावमा गठबन्धन गरेर नै महानगरमा पार्टीका उम्मेदवार जितेको बताउनुभएको थियो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार