गणतन्त्र नै कमजोर अवस्थामा छ : यादव

काठमाडौँ । जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले जन्मका र लिङ्गका आधारमा विभेद रहेसम्म समाजवाद सम्भव नहुने बताउनुभएको छ । सोमबार ‘नेपालमा समाजवाद स् चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा उनले जन्म र लिङ्गका आधारमा हुने विभेदका अन्त्य नभएसम्म समाजवादको कल्पना समेत गर्न नसकिने बताउनुभयो ।

‘यी विभेदहरु जवसम्म अन्त्य हुदैन तवसम्म समाजवादको कल्पना गर्न सकिदैन’, यादवले भन्नुभयो, ‘त्यसमा ध्यान दिनुपर्छ । यसमा विगतमा भएका असमानता सच्याउनुपर्छ । वर्गीय विभेद, जात र कल्चर डिस्क्रेप्सन समाजवादको बाधा हो ।’ उहाँले कम्युनिस्ट हुँदैमा पनि समाजवाद आउन सम्भव नहुने बताउनुभयो । उहाँले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई उपलब्धिका रुपमा लिन सकिएपनि व्यवहारमा कार्यान्वयन गर्न नसकिएको बताउनुभयो।

‘अहिले हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र नै कमजोर अवस्थामा छ । कुनबेला जाने हो की भन्ने खतरा हुन्छ । अस्ति त झण्डै गएको, बल्लबल्ल जोगाएको फेरि भोली के हुने हो ठेगान छैन’, उहाँले समाजवादको राजनीतिक, समाजिक, आर्थिक र पर्यावरणीय सेयर सवैले पाउनुपर्ने बताउनुभयो । उहाँले समाजवादका लागि गरिवी र बेरोजगारीको अन्त्य हुन जरुरी भएको पनि बताउनुभयो । ‘संविधानमा समाजवाद लेखेर हुदैन’, यादवले भने विभेदहरुको अन्त्य गर्दै कृषि, उद्योगलाई विकास गर्दै अघि बढ्ने हो भने समाजवादको दिशामा अघि बढ्न सकिने बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार